एकदिन पनि टिकेन बजारको हरियाली, दोहोरो अकंले मार्केट घट्दा कारोबार २ अर्ब २३ करोडमा सिमित

१४ चैत्र २०८०, बुधबार १५:०९

काठमाडौँ । शेयर बजार पुनः ओरालो लागेको छ । चारदिनको ओरालो यात्रामा ब्रेक लाग्दै मंगलबार बजार दोहोरो अकंले बढेको थियो । तर, उक्त हरियाली एकदिनसमेत नटिक्दै बजारले ओरालो यात्रा तय गरेको हो ।

बजारले ओरालो यात्रा तय गर्दा लगानीकर्ता निराश बनेका छन् । शेयर बजारलाई बाधा गर्ने केहि नीतिगत अवरोध सुधारको माग लगानीकर्ताको रहदै आइरहेको छ । नीतिगत अवरोध फुकुवा नभएसम्म बजारले लय लिन नसक्ने लगानीकर्ताहरुका तर्क रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८३ अकंले घटेर २०२०.८६ बिन्दुमा बन्द भएको छ । बुधबार ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज लगानीकर्ता शिवम र जोशि हाइड्रोपावरको शेयरमा झुम्मिएका छन् । बुधबार शिवम सिमेन्टको ९ करोड ७२ लाख रुपैयाँ र जोशि हाइड्रोपावरको ८ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सोनापुरको ७ करोड ३३ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको ७ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएदेखि निरन्तर सर्किट लागेको सर्वोत्तम सिमेन्टले आजपनि निरन्तता दिएको छ । साथै, हिमालयन ८०–२०ले को शेयरमा समेत सकारात्मक सर्किट लागेको हो ।

साथै, आज कालिका लघुवित्तको ५.६६ प्रतिशत, सिर्जनशिल लघुवित्तको ३.९६ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ३.७३ प्रतिशत, सपोर्ट लघुवित्तको ३.६९ प्रतिशतले शेयर मूल्य घटेको हो ।

बुधबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.५६ प्रतिशत, विकास बैंक समूहको १.२० प्रतिशत, फाइनान्स समूहको १.७२ प्रतिशतले शेयर मूल्य घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*