निर्जीवन लघुबीमा कम्पनीको व्यवसाय १० करोड रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)

१४ चैत्र २०८०, बुधबार १५:३८

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका निर्जीवन लघु बीमा कम्पनीहरुले १० करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको फागुन महिनासम्मको वित्तिय विवरण अनुसार उक्त रकम संकलन गरेको हो ।

तथ्यांक अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ४ करोड ९० लाख रुपैयाँको व्यवसाय गरेको छ ।

साथै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले तीन करोड ४८ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले एक करोड ९४ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*