एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १६.९० प्रतिशतले बढ्यो, कस्तो छ प्रतिस्पर्धा ? (सूचीसहित)

१४ चैत्र २०८०, बुधबार १५:५४

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा ३ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको फागुन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

माघ महिनाको तुलनामा फागुनमा कम्पनीहरुको कुल बीमा व्यवसाय १६.९० प्रतिशतले बढेको छ । माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा ३ अर्ब १२ करोड ७ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

यसअवधिमा चार कम्पनीको ब्यवसाय घटेको छ । माघको तुलनामा फागुनमा नेपाल इन्स्योरेन्सको ४५.८१ प्रतिशतले घटेर ६ करोड ६९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ६.२३ प्रतिशतले घटेर २४ करोड ४९ लाख रुपैयाँ, द ओरियन्टलको ४.३३ प्रतिशतले घटेर १२ करोड ९ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियरको २.०४ प्रतिशतले घटेर २९ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

फागुन महिनामा शिखर इन्स्योरेन्सले ८५ प्रतिशतले बढेर ८२ करोड ३० लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले १४.१८ प्रतिशतले बढेर ३७ करोड १० लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियलले ३०.३७ प्रतिशतले बढेर ३६ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ३.०४ प्रतिशतले बढेर २८ करोड ८५ लाख रुपैयाँ र युनाइटेड इन्स्योन्सले ३.२१ प्रतिशतले बढेर २२ करोड ३७ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् ।

त्यस्तै, माघको तुलनामा फागुनमा हिमालयन एभरेष्टको १५.१५ प्रतिशतले बढेर २२ करोड ३ लाख रुपैयाँ, सानिमा जिआइसीको ६.६२ प्रतिशतले बढेर २१ करोड २१ लाख रुपैयाँ, एनएलजीको ०.९४ प्रतिशतले बढेर १८ करोड ४७ लाख रुपैयाँ, नेशनलको ५३.३० प्रतिशतले बढेर १२ करोड ९ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सको १.५३ प्रतिशतले बढेर ११ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*