नेप्सेमा डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन

१४ चैत्र २०८०, बुधबार १६:१९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुधबार डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।

लघुवित्तको १० प्रतिशत बोनश बापत नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७२५ रुपैयाँ १८ पैसामा कायम भएको छ । कम्पनीको अन्तिम कारोबार ७ सय ७९ रुपैयाँ ७० पैसामा भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*