तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

१४ चैत्र २०८०, बुधबार १७:१२

काठमाडौँ। तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न भएको छ । कम्पनीलाई हकप्रद निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि चुक्ता पूँजी ८० करोड पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*