बैंकिङ्ग क्षेत्रका लगानीकर्ताहरु निराश, आईपीओको मूल्यमै पाइन थाल्यो बैंकको शेयर (सूचीसहित)

१४ चैत्र २०८०, बुधबार १७:४४

काठमाडौं । कारोबार साताको चौथो दिन अथवा बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार शेयर बजार १० दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै बैंकिङ्ग उपसूचक पनि घटेको छ । बुधबार बैंकिङ्ग उपसूचक ० दशमलव ५६ प्रतिशत अथवा ६.१२ अंकले घटेर १०७१ को बिन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका बैंकहरुमध्ये दुई वटाको शेयरमूल्य चाही बढेको छ ।

बुधबार सानिमा बैंकको शेयरमूल्य ० दशमलव ७२ प्रतिशतले बृद्धि भएको छ । बैंकको शेयरमूल्य २३६ रुपैयाँमा कारोबार भएको छ । साथै, सरकारी स्वामित्वको नेपाल बैंकको शेयरमूल्य ० दशमलव १८ प्रतिशतले बृद्धि भएर २२१ रुपैयाँमा कारोबार भएको छ ।

कारोबार भएका बैंकहरुमध्ये १७ वटा बैंकहरुको शेयरमूल्य घटेको छ । जसमा नेपाल एसबिआई बैंकको १ दशमलव ५६ प्रतिशतले सर्वाधिक शेयरमूल्य घटेको छ ।

शेयरमूल्यको सूची (२०८०–१२–१४)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*