शुभसाइत सहकारीका उपाध्यक्षसहित तीन जना पक्राउ

१४ चैत्र २०८०, बुधबार १८:२९

काठमाडौँ। बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष भद्रपुर ८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव हल्दिबारी(३ निवासी कञ्चन आचार्य र सदस्य भद्रपुर(७ निवासी दीपक खवास रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फरार रहेका उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो। उनीहरूमाथि झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*