मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१५ चैत्र २०८०, बिहीबार ०६:५२

काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ । दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ ।

कम्पनीको सभाले चुक्ता पूँजीको २.२२११ प्रतिशतले हुन आउने रकम ८१ लाख ७६ हजार ८२४.१७ रुपैयाँ बोनस शेयर र ०.११६९ प्रतिशतले हुन आउने रकम ४ लाख ३० हजार ३५९.१७ रुपैयाँको नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा चैत्र २९ गते बिहीबार, लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*