मानुषी लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

१५ चैत्र २०८०, बिहीबार ०७:४९

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले वरिष्ठ सहायक (शाखा प्रमुख)मा दुई जना र कनिष्ठ सहायक पदमा ९ जना कर्मचारी माग गरेको हो ।

वरिष्ठ सहायकका लागि स्नातक उत्तिर्ण भई लघुवित्त संस्थामा कम्तीमा दुई वर्ष वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण भई लघुवित्त संस्थामा तीन वर्ष कार्यानुभव भएको हुनुपर्नेछ ।

कनिष्ठ सहायकका लागि एलएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त संस्थामा कम्तिमा एक वर्षको कार्य गरेको हुनुपर्नेछ । यसमा प्रविणता प्रमाणपत्र वा प्लस टू गरेकालाई प्राथमिकता दिइनेछ । ग्रामिण क्षेत्रको फिल्डमा गई कार्य गर्न इच्छुकले यसमा आवेदन दिनसक्नेछन् ।

उमेरको हकमा भने १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाका लागि भने माथिल्लो उमेरहदमा पाँच वर्ष थप हुनेछ । कम्प्युटरको ज्ञान भएको तथा मोटरसाइकलको लाइसेन्स प्राप्त व्यक्तिलाई प्राथमिकता दिइने कम्पनीले बताएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय तथा शाखा कार्यालय वा कम्पनीको इमेल [email protected] मार्फत १५ दिनभित्र आवेदन दिनुपर्नेछ । कम्पनीको केन्द्रीय कार्यालय बनेपा नगरपालिका–१३, भैंसेपाटी, काभ्रेमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*