फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

१५ चैत्र २०८०, बिहीबार ०८:१५

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १३ गतेदेखि बिक्री खुला गरेको लिलामी शेयरमा आवेदन दिने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले एक लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको यस शेयरमा जो–कोहीले खरिद आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्दा घटिमा १५ हजार कित्ता र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ । शेयर खरिदकर्ताले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत तोकि मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्नेगरी आवेदन दिनुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*