गरिमा विकास बैंकको सीइओमा माधव प्रसाद उपाध्याय नियुक्त

१५ चैत्र २०८०, बिहीबार १०:४९

काठमाडौँ । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा माधव प्रसाद उपाध्यायलाई नियुक्त गरेको छ । कम्पनीको चैत १४ गते बसेको संचालक समितिको बैठकले उपाध्यायलाई सीइओको जिम्मेवारी दिएको हो ।

बैंकमा कार्यरत सीइओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते सकिने हुँदा बैशाख १ गतेदेखि लागू हुने गरी उपाध्यायलाई उक्त जिम्मेवारी दिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

ढकालको कार्यकाल सकिन लागेसँगै कम्पनी सचिवको जिम्मेवारी समेत उपाध्यायले पाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*