सर्वोत्तम सिमेन्टको शेयर एक हजार रुपैयाँ माथि उक्लियो

१५ चैत्र २०८०, बिहीबार ११:०७

काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयर एक हजार रुपैयाँ माथि उक्लिएको छ । कारोबारमा आएदेखि निरन्तर सकारात्मक सर्किट लागेको कम्पनीको शेयर एक हजार माथि पुगेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आवेदन दिएका थिए । कम्पनीको शेयर आज अर्थात चैत १५ गते प्रतिकित्ता एक हजार ८३ रुपैयाँ पुगेको छ । आज मात्र कम्पनीको शेयर ९८.४० रुपैयाँले बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*