सर्वोत्तम सिमेन्टसको शेयरमा झुम्मिए लगानीकर्ता, सर्किट र सर्वाधिक कारोबार एकैपटक

१५ चैत्र २०८०, बिहीबार १४:२५

काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टसको शेयर सातौं दिन पनि सर्किट र सर्वाधिक कारोबार भएको छ।सर्वोत्तमको शेयर दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर सर्किट लेभलमा कारोबार हुँदै आएको हो ।

सर्वोत्तम सिमेन्ट कम्पनीको पहिलो दिन नेटवर्थको तीन गुणा अर्थात ५ सय ५६ रुपैयाँबाट कारोबार शुरु भएको थियो ।

सिमेन्टको शेयरले सातौ कारोबार दिनसम्म आईपुग्दा पनि सर्किटमै कारोबार भएर एक हजार ८३ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
बिहीबारको बजारमा करिब १५ मिनेटको कारोबारमा कम्पनीको ४१ हजार ६५५ कित्ता शेयर ४ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

यस कम्पनीको आईपीओमा करिब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले शेयर पाएका थिए । लगानीकर्ताले शेयर भर्न प्रति कित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ता शेयर भर्न १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*