शेयर बजारमा झिनो सुधार, कारोबार साढे २ अर्ब हुँदा सर्वोत्तम र गोर्खाजमा झुम्मिए लगानीकर्ता

१५ चैत्र २०८०, बिहीबार १५:११

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । हिजो दोहोरो अकंले घटेको बजार भने सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७८ अकंले बढेर २०३५.६४ बिन्दुमा बन्द भएको छ । आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज शेयर लगानीकर्ता सर्वोत्तम शेयरमा झुम्मिएका छन् । कम्पनीको आज १९ करोड ३७ लाख ६२ हजार कित्ता शेयर किनबेच भएको छ । साथै, गोर्खास फाइनान्सको १६ करोड १९ लाख रुपैयाँ, शिवम सिमेन्टको १५ करोड ३९ लाख रुपैयाँ र सोनापुरको ११ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।

बिहिबार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सर्वोत्तम सिमेन्ट र हिमालयन उर्जा विकास कम्पनीको शेयरमा सर्किट लागेको हो ।

यता, दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । बिहिबार उन्नती सहकार्य लघुवित्त र धौलागिरी लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको हो ।

आज आठ उपसूचकमा हरियाली आएको छ । विकास बैंकको ०.१६ प्रतिशत, फाइनान्स समूहको ०.४८ प्रतिशत, हाइड्रोपावर समूहको ०.३२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.८२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*