सिद्धि हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

१५ चैत्र २०८०, बिहीबार १७:२८

काठमाडौँ । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशकसन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सिद्धि हाइड्रो कम्पनी लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

सिद्धि हाइड्रो कम्पनी लिमिटेडले निमार्ण गरिरहेको आयोजना “सिद्धि खोला जलविद्युत आयोजना” इलाम जिल्लामा अवस्थित रहेको छ र सो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*