नेप्सेमा मैलुङ्ग खोलाको शेयरमूल्य समायोजन

१६ चैत्र २०८०, शुक्रबार ०६:४३

काडमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजना भएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य ४७२ रुपैयाँलाई आधार मानेर यस कम्पनीको २.२२११ प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजन पश्चात् यसको भाउ ४६१ रुपैयाँ ७४ पैसा कायम भएको छ । यही भाउलाई आधार मानेर यस कम्पनीको कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*