नेशनल लघुवित्तको सधारण सभा आज, एफपीओ र १५% लाभांश पारित गरिने

१६ चैत्र २०८०, शुक्रबार ०७:५१

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा आज (चैत्र १६ गते) शुक्रबार बस्दैछ । कम्पनीको सभा धुलिखेल लज रिसोर्ट धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजी एक अर्ब आठ करोड ४२ लाख छ हजार २१९.५३ रुपैयाँको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत कर प्रयोजन सहित नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । साथै, छ लाख ६९ हजार ९००.२७ कित्ता थप सार्वजनिक निष्काशन (एफपीओ) को माध्यमबाट शेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यस्तै, संस्थापक समूहबाट चार जना तथा सर्वसाधारण समूहबाट दुई जना संचालक निर्वाचन गर्ने, संचालक समतिबाट भएको स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्ने, चुक्ता पूँजी वृद्धि गर्ने लगायतका एजेण्डा पनि रहेका छन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुक क्लोज गरिसकेको छ । जसअनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*