नारायणी डेभलपमेन्ट बैंकको एजीएम वैशाख १८ गते बस्दै, के–के छन् एजेण्डा?

१६ चैत्र २०८०, शुक्रबार ०८:०९

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २२ औं वार्षिक साधारण सभा (एजीएम) वैशाख १८ गते मंगलबार, होटल स्टार चितवन, रत्ननगर– १, टाँडी, चितवनमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । बैंकको चैत्र १५ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

लाभांशसम्बन्धी कुनै एजेण्डा समावेश नगरेको यस बैंकको सभाले गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह, इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण र संचालकहरुको निर्वाचन गर्नेछ ।

साथै, कम्पनीको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्न वा गाभिन परेमा सोसम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेण्डा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*