एनएमबि बैंकको ५२ हजार कित्ता शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

१६ चैत्र २०८०, शुक्रबार ०८:२६

काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत संस्थापकको नाममा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर आज (चैत्र १६ गते) देखि लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम मूल्य १२० रुपैयाँ तोकिएको यस शेयरमा विद्यमान संस्थापक शेयरधनी वा जो–कोही व्यक्ति तथा संघसस्थाले खरिद गर्न पाउनेछन् ।

उक्त लिलामी शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई चैत्र २२ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन दिइसक्नुपर्नेछ । बोलपत्र पेश गर्दा बिक्रीका लागि प्रस्ताव गरिएको सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

खरिदकर्ताले आवेदन एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पेश गर्नुपर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*