सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

१६ चैत्र २०८०, शुक्रबार ०८:४५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयरको विवरणसमेत खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*