किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१६ चैत्र २०८०, शुक्रबार ०९:५१

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले दुई संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९९४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा–४, बलिया, कैलाली वा कर्पाेरेट कार्यालय बुढानिलकण्ठ–८, मण्डीखाटार काठमाडौंमा पेश गर्नुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*