सानिमा बैंकको ६८ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१६ चैत्र २०८०, शुक्रबार १०:३५

काठमाडौँ । सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

शेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*