ग्रीन डेभलपमेन्ट बैंकले शेयर संरचना परिवर्तन गर्ने

१६ चैत्र २०८०, शुक्रबार १२:४७

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकको चैत्र १५ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

बैठकले बैंकको शेयर अनुपात ५१ः४९ कायम गर्ने निर्णय गरेको हो । जसअनुसार संस्थापक शेयर २६ लाख ४६ हजार ९०० कित्ता र साधारण शेयर २५ लाख ४३ हजार १०० कित्ता कायम हुने भएको छ ।

साथै, शेयर संरचना परिवर्तनको विशेष प्रस्ताव बैंकको चैत्र २७ गते हुने १० औं तथा ११ औं वार्षिक संयुक्त साधारण सभामा थप गरिने निर्णय गरेको छ । यसका लागि राष्ट्र बैंकले स्वीकृतिसमेत दिइसकेको छ ।

green developmentg

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*