लघुवित्त कम्पनीका शेयरको मूल्य घट्दै, लगानीकर्तालाई शेयर किन्ने सूवर्ण अवसर

१७ चैत्र २०८०, शनिबार १०:०१

काठमाडौं । कुनै समय सबैभन्दा बढी रुचाएका लघुवित्त कम्पनीका शेयरहरुमा आजभोलि लगानीकर्ताहरुको रुचि देखिदैन् । लघुवित्त कम्पनीका शेयरहरु दुर्गा प्रसाई लगायतका अभियान्ताहरुको अफवाह र आर्थिक मन्दीका शिकार बन्न पुगेका छन् ।

कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेतापनि माइक्रोफाईनान्स उपसूचक भने ० दशमलव ४८ प्रतिशतले घटेर ३८९० को विन्दुमा कायम भएको छ ।

बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये २३ वटाको शेयरमूल्य बढ्दा २७ वटा लघुवित्त कम्पनीको शेयरमूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन युनिक नेपाल लघुवित्तको शेयर ४ दशमलव ५४ प्रतिशतले सर्वाधिक बढेको छ ।

साथै, कारोबार साताको अन्तिम दिन धौलागिरी लघुवित्त र उन्नत्ति सहकार्य लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

लघुवित्त कम्पनीहरुको शेयरमूल्यको सूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*