यो साता चार कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कुनको कति?

१६ चैत्र २०८०, शुक्रबार १३:४१

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चार वटा कम्पनीहरुको शेयर सूचीकृत भएको छ । जसमा एक होटल, एक लघुवित्त, एक बैंक र एक जलविद्युत कम्पनी रहेका छन् ।

साताको पहिलो दिन आइतबार होली पर्वको बिदा रहेकाले चैत्र १२ गते सोमबार (कारोबार खुलेको पहिलो दिन) नेप्सेमा तारागाउँ रिजेन्सी होटल्सको चार प्रतिशत बोनस शेयर बापतको ७ लाख ५४ हजार ६६१.६ कित्ता शेयर सूचीकृत भएको हो ।

त्यसैगरी १४ गते बुधबार नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस वापतको शेयर मूल्य समायोजन भएको थियो । त्यस दिन कम्पनीको अन्तिम कारोबार ७७९.७० पैसालाई आधार मानेर शेयर मूल्य समायोजन गरिएको हो ।

त्यस्तै, चैत्र १५ गते बिहीबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र ‘१०% एनआईएमबि डिबेन्चर २०९०’ सूचीकृत भयो । त्यस दिन बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

सोही दिन (चैत्र १५ गते) नप्सेमा मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको थियो । सो दिन बिहीबारको अन्तिम कारोबार मूल्य ४७२ रुपैयाँलाई आधार मानेर यस कम्पनीको २.२२११ प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजन पश्चात् यसको भाउ ४६१ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*