आफ्नै बैंक खाताको सुरक्षा गर्न गभर्नर महाप्रसाद अधिकारी असफल, असुरक्षित बैंकिङ प्रणाली भारतसँग ‘कनेक्सनमा हतारो

१६ चैत्र २०८०, शुक्रबार १४:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नै बैंक खाताको सुरक्षा गर्न असफल भएका छन् । गभर्नर अधिकारीको बैंक खाता फोनपे नामक पेमेन्ट गेटवेका कारण असुरक्षित बन्न पुगेको छ ।

फोनपेमार्फत गभर्नर महाप्रसाद अधिकारीको बैंक खाताबारे पत्ता लगाउँदा माछापुच्छ्रे बैंकमा ……….२८७०००१७ नम्बरको बैंक खाता रहेको पत्तो लागेको छ । एफवान सफ्ट फोनपे नामक पेमेन्ट गेटवेका कारण चार करोड नेपालीहरुको बैंक खाता जोखिममा पारेको छ । एफवान सफ्टको फोनपे नामक पेमेन्ट गेटवेका कारण गभर्नर अधिकारी मात्रै नभएर प्रधानमन्त्री प्रचण्डकै बैंक खाता समेत असुरक्षित हुन पुगेको समाचार यसअघि बीमापोष्टले प्रकाशित गरिसकेको छ ।

फोनपेका कारण सर्वसाधारणको बैंक खाता असुरक्षित भएको सूचना पाएर पनि गभर्नर महाप्रसाद अधिकारी भने मौन रहँदै आएका छन् । उनको मौनता रहस्यपूर्ण रहेको छ । यस सम्बन्धमा जानकार भएपनि गभर्नर महाप्रसाद अधिकारीले फोनपेको पेमेन्ट गेटवेको धन्दालाई रोक्न असफल बन्दै आएका छन् ।

भ्रष्टाचार र सेटिङमा चल्ने राष्ट्र बैंकमा फोनपे नामक गेटवे प्रयोग गरी प्रत्येक डिजिटल कारोबार बापत न्यूनतम १० रुपैयाँदेखि ३० रुपैयाँसम्म शुल्क लिँदै आएको छ । सो शुल्कको ६० प्रतिशत रकम फोनपेले लिँदै आएको छ । नेपालमा मासिक करिब तीन करोड २५ लाख पटक मोबाइल बैंकिङ कारोबार हुने गर्दछ । त्यस्तै मासिक करिब दुई करोड २५ लाख कारोबार वालेटबाट हुँदै आएकोछ । उल्लेखित दुई कारोबारमा सबैभन्दा ठूलो हिस्सा एफवान सफ्टको फोनपे नामक पेमेन्ट गेटवेमार्फत हुँदै आएको छ । सो आधारमा एफवान सफ्टको फोनपेले मासिक २० करोड रुपैयाँ बढि पेमेन्ट गेटवेबाट आम्दानी गर्दै आएकोछ ।

 

बार्षिक एक अर्ब आम्दानी हुने पेमेन्ट गेटवेको काम खासमा नेपाल सरकारले गर्नुपर्ने काम हो । हरेक देशले आफ्नो सुरक्षाको लागि सरकारकै पूर्ण लगानी र स्वामित्व अनि नियन्त्रणमा पेमेन्ट गेटवे कम्पनी स्थापना गरेको हुन्छ । नेपालमा भने सेटिङमा पेमेन्ट गेटवेको काम निजि कम्पनीमार्फत हुँदै आएको छ । पेमेन्ट गेटवे प्रयोगबाट प्राप्त करोडौं आम्दानी राजनीतिक पार्टीका नेताहरुलाई समेत बाँडफाँड गर्ने गरेको चर्चा आईटी क्षेत्रमा चलेको छ । बार्षिक एक अर्बभन्दा बढि आम्दानी गर्ने फोनपेले नेपाल राष्ट्र बैंकका उपल्लो तहदेखि तल्लो तहका कर्मचारीहरुसम्मलाई खर्च गर्ने गरेको अनौपचारिक रुपमा प्राप्त सूचनामा जनाइएको छ ।

नेपालको बैंकिङ प्रणालीमा पेमेन्ट गेटवेका कारण सुरक्षा जोखिम बढेको सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

पछिल्लो पटक गभर्नर महाप्रसाद अधिकारी क्रसबोर्डर कारोबार खुलाउन हात धोएर लागि परेका छन् । भारतसँग क्रसबोर्डर भुक्तानी सुबिधा खुलाउन लागि परेका महाप्रसाद अधिकारीको आफ्नै खाता भने असुरक्षित छ । अब प्रश्न उठ्छ गभर्नरकै बैंक खाता असुरक्षित हुने देशमा क्रसबोर्डर भुक्तानी खुल्ला गरेर राष्ट्रघात गर्न गभर्नर अधिकारी किन उद्यत भइरहेको छन ? आफ्नै खाताको सुरक्षा गर्न नसक्ने गभर्नरबाट जनताको बैंक खाताको सुरक्षाको अपेक्षा कसरी गर्ने ?

One thought on “आफ्नै बैंक खाताको सुरक्षा गर्न गभर्नर महाप्रसाद अधिकारी असफल, असुरक्षित बैंकिङ प्रणाली भारतसँग ‘कनेक्सनमा हतारो

  1. नेपाल मा कुनै येस्तो सन्स्थान छैन होला जुन मा भर्स्त्चार न भाको आखिर किन येस्तो मस्न्सिक्ता छ जिम्मेवार पद मा बस्नेहरु को इमान्दारिता किन सहनिया हुदैन आखिर धन कस्ले सङ लानी हो र

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*