शेयर लगानीकर्ताका लागि कस्तो रह्यो साता ?

१७ चैत्र २०८०, शनिबार ०८:१६

काठमाडौँ । यो शेयर बजारका लगानीकर्ताका लागि निराशमय भएको छ । बजारमा सुधार नआउँदा लगानीकर्ता पर्ख र हेर अवस्थामा छन् । यता, नियामकको सक्रियता शेयर बजारमा बढ्दै गएको छ । अर्थमन्त्रालयले शेयर बजारमा सुधारका लागि कार्ययोजना समेत मागि सकेको छ । तर, अझै बजारले गति लिन सकेको छैन ।

नियामकको सक्रियता भन्दापनि लगानीकर्ता नीतिगत अवरोध सुधारको अपेक्षा राखेको छ । राष्ट्र बैंकले कसिलो बनाएका नीति फुकाउनु पर्ने माग लगानीकर्ताको रहदै आइरहेको छ । परिसूचक समेत यो साता २ हजारको वरिपरि घुमि रहेको छ । चार वटै कारोबारको दिन परिसूचक २ हजार मै सिमित रहेको थियो । बजार यो साता सोमबार १७.०१ अकं र बुधबार १०.८३ अकंले घटेको हो भने मंगलबार १०.१४ अकं र बिहिबार ४.७८ अकंले बढेको हो ।

यस साता सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ०.०४ प्रतिशत बढेको र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ प्रतिशत घटेको छ । नेप्सेको कारोबार रकम पनि ओरालो लागेको छ । यस साता कारोबार ९ अर्ब ७३ करोड २३ लाख १ हजार रुपैयाँको कारोबार भएको छ । गत साता १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

१३ उपसमूहमध्ये यस साता ८ उपसमूहको परिसूचक बढेको छ । बिहिबार विकास बैंकको ०.१६ प्रतिशत, फाइनान्स समूहको ०.४८ प्रतिशत, हाइड्रोपावर समूहको ०.३२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.८२ प्रतिशत, जीवन बीमा समूहको ०.२८ प्रतिशतले बढेको छ ।

यो सातामा चारै वटै कारोबारको दिन सर्वोत्तम सिमेन्टको शेयरमा सकारात्मक सर्किट देखिएकोे छ । कारोबार आएदेखि नै कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै अहिले शेयर मूल्य एक हजार रुपैयाँ माथि उक्लिसकेको छ ।

सातामा लगानीकर्ता गोर्खाज फाइनान्सको शेयरमा झुम्मिएका छन् । यस साता शिवम सिमेन्ट र गोर्खाज फाइनान्सको शेयर सर्वोधिक खरिद बिक्री भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*