५० हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढ्दा ३७ को घट्यो, कुनको मूल्य कति?

१७ चैत्र २०८०, शनिबार ०८:१८

काठमाडौं । साता कारोबारको बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । त्यसदिन हाइड्रोपावर सेक्टरबाट कुल ९१ कम्पनीहरु कारोबारमा आएका हुन् । जसमध्ये ५० कम्पनीहरुको शेयरमूल्य बढ्यो भने ३७ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । बाँकी चार कम्पनीको शेयरमूल्य स्थिर रहेको हो ।

बिहीबार हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको छ । दोस्रोमा हिमालयन हाइड्रोपावरको ८.७३, तेस्रोमा साम्लिङ्ग पावरको ८.०७ प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै, पिपुल्स पावरको ७.४४, रिभर फल्स पावरको ७.०६ तथा अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य ६.६१ प्रतिशतले बढेको छ ।

बिहीबार सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीमा जोशी हाइड्रोपावर रहेको छ । कम्पनीको शेयरमूल्य ३.३४ प्रतिशतले घटेको छ । त्यस्तै, मैलुङ्ग खोलाको ३.२८, दोर्दी खोलाको ३.१९, पिपुल्स हाइड्रोपावरको २.०९ प्रतिशतले शेयरमूल्य घटेको छ ।

हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य १३६ रुपैयाँदेखि १००० रुपैयाँसम्म तिरेर शेयर खरिद गर्न सकिने भएको छ । १२ हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य दुई सय रुपैयाँभन्दा कम रहेका छन् । सात कम्पनीहरुको शेयरमूल्य ६ सय रुपैयाँमाथि रहेको छ । जसमा कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १००० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*