समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१८ चैत्र २०८०, आईतवार ०६:५१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १८ गते) अन्तिम दिन रहेको छ । दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोली बुक क्लोज गर्दैछ ।

कम्पनीले चु्क्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपैयाँको ५.४२२२ प्रतिशतले हुन आउने रकम दुई करोड १३ लाख ७२ हजार ७१.०५ रुपैयाँ बोनस शेयर र ०.२८५४ प्रतिशतले हुन आउने रकम ११ लाख २४ हजार ८४५.८४ रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव राखेको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा चैत्र २९ गते विहीबार नमोबुद्ध बैंक्वेट एण्ड इभेन्ट, बनेपा–७, काभ्रेपलाञ्चोकमा विहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै, सभाले एफपीओ निष्कासन गर्ने र कम्पनीले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्नेसम्बन्धी भएका सम्पूर्ण कार्य तथा निर्णय पारित गर्नेछ । अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने (मर्जर) वा प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने र सोसम्बन्धी आवश्यक अन्य प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*