प्रभु बैंक र स्वावलम्बन लघुवित्तको शेयर लिलामीमा, कहिलेदेखि दिने आवेदन?

१८ चैत्र २०८०, आईतवार ०७:४२

काठमाडौं । प्रभु बैंक लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका संस्थापक समूहको क्रमशः ६१ हजार ७६२ कित्ता र १४ हजार ७१० कित्ता शेयर चैत्र २५ गतेदेखि लिलाम बिक्रीमा आउने भएको छ । शेयर विद्यमान संस्थापक तथा जो–कोहीे व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरि बिक्रीमा ल्याइएको हो । यस शेयरमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रभु बैंकको शेयरको न्यूनतम मूल्य ११० रुपैयाँ प्रतिकित्ता र स्वावलम्बन लघुवित्तको शेयरको मूल्य ३५० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० को गुणनमा वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*