सिवाईसी नेपाल लघुवित्तमा रोजगारको अवसर

१८ चैत्र २०८०, आईतवार ०९:२९

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरुमा रही काम गर्नका लागि ११ जना योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

कम्पनीले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रबन्धक, अधिकृत, कनिष्ठ अधिकृतपदहरुमा कर्मचारी माग गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (चैत्र १८ गते)ले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

कम्प्युटरसम्बन्धी राम्रो ज्ञान भएका, व्यक्तिगत सवारी साधन तथा सवारी चालक अनुमति पत्र भएकालाई विदेष प्राथमिकता दिइने कम्पनीले बताएको छ । आवेदन कम्पनीको वेवसाईट http://www.cycnlbsl.org.np/careers मा दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*