१२ मिनेटमै सर्वोत्तम सिमेन्टको एक लाख कित्ता किनबेच, शेयर मूल्य एक हजार तल झर्यो

१८ चैत्र २०८०, आईतवार ११:१६

काठमाडौँ । कारोबारमा आएदेखि सकारात्मक सर्किट लागि रहेको सर्वोत्तम सिमेन्टको शेयर मूल्य आज भने घटेको छ ।

आइतबार यो समाचार तयार पर्दा (११ः१२ बजे) सम्म कम्पनीको ९९ हजार ४३ कित्ता बराबरको ९ करोड ९४ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ । कम्पनीको शेयर मूल्य एक हजार तल झरेको हो ।

कम्पनीको शेयर मूल्य अहिले ९१ रुपैयाँ ७० पैसाले घटेर ९९१ रुपैयाँमा पुगेको छ । आज बिक्री गर्नेहरुको समेत हाबी देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*