नेशनल लाइफको तीनकुने शाखाद्वारा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्ठ अभिकर्ता सम्मानित

१८ चैत्र २०८०, आईतवार १३:३२

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी तथा अभिकर्ताको क्षमता बृद्धि गर्ने उदेश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसैक्रममा कम्पनीको तीनकुने शाखाले शनीवारका दिन अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शाखाले कम्पनीका कर्मचारी तथा अभिकर्ताहरु लगायत एक सय जना बढीको भव्य उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि कम्पनीका डिसीईओ स्मृती राज कडेलले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरुलाई ठुलो भन्दा पनि सानो पोलिसीलाई बढी प्राथमिकता दिएर काम गर्न सुझाव दिए । साथै, उनले जीवन बीमा कम्पनीहरुमध्ये नेशनल लाइफले राम्रो बजार बिस्तार गर्न सफल भएको समेत बताए ।

कम्पनीका तीनकुने शाखा प्रमुख सूर्य बहादुर श्रेष्ठले कर्मचारी तथा अभिकर्ताहरुलाई हौसला प्रदान गर्दै तीनकुने शाखा कार्यालयले उत्कृष्ठ व्यवसाय गर्दै आएको बताए । ‘हामिले कम्पनीको समग्र व्यापार व्यवसाय बृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेका छौ । आउँदो दिनमा पनि अझै शसक्त भएर काम गर्नेछौं।’ शाखा प्रमुख श्रेष्ठले बताए ।

अभिकर्ता पुनर्ताजकी कार्यक्रमका कारण बीमा सम्बन्धि तथा आफुलाई दक्ष र सफल बन्न आवश्यक कुरा सिक्ने मौका प्रदान गरेकोमा कम्पनी तथा शखा प्रमुख श्रेष्ठलाई कम्पनीका बिजनेश अफिसर म्यानेजर भुवन श्रेष्ठले धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रम मार्फत विभिन्न बिधामा अब्बल कार्य गर्न सफल २६ जना बीमा अभिकर्तालाई सम्मान सहित हौसल प्रदान गरेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । बीमा अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रममा कम्पनीका डिसीईओ स्मृति राज कडेंल लगायत १०० जना बढीको उपस्थिती रहेको थियो ।

May be an image of 6 people, dais and text

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*