सपोर्ट लघुवित्तमा पाँच जना सञ्चालक निर्विरोध निर्वाचित, अध्यक्षमा पोखरेल चयन

१८ चैत्र २०८०, आईतवार १४:०४

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्षमा महेश कुमार पोखरेललाई नियुक्त गरेको छ । कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले पोखरेललार्ई अध्यक्षको जिम्मेवारी दिएको हो ।

कम्पनीको चैत १७ गते सम्पन्न नै सम्पन्न नवौ वार्षिक साधारण सभाबाट पाँचा जना सञ्चालकमा निर्वाचित गरेको थियो । संस्थापक शेयरधनी तर्फ रित्त रहेको ४ सञ्चालक पदमा महेश कुमार पोखरेल,पुनित कुमार सारडा,सुमित अधिकारी र होम शंकर दाहाल तथा सर्वसाधारण शेयरधनी तर्फ रित्त रहेको सञ्चालक पदमा दिव्य प्रसाद कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*