दोहोरो अकंले घट्यो शेयर बजार, १२ उपसूचक राताम्य, सर्वोत्तमको शेयरमा भारि गिरावट

१८ चैत्र २०८०, आईतवार १५:१०

काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार राताम्य भएको छ । बजार आज दोहोरो अकंले ओरालो लागेको छ । पछिल्लो समय बजारमा आइरहेको गिरावटले लगानीकर्ताको मनोबल थप कमजोर बनाउँदै लगि रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३० अकंले घटेर २०१८.३३ बिन्दुमा बन्द भएको छ । आज ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार सर्वोत्तम सिमेन्टको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । लगातार सकारात्मक सर्किट लागेको कम्पनीको आज भने नकारात्मक सर्किट लागेको हो । बिक्री गर्नेहरु हाबि हुँदा कम्पनीको २८ करोड ६८ लाख ९३ हजार रुपैयाँको शेयर खरिद बिक्री भएको छ । त्यस्तै, गोर्खाजको १२ करोड ५६ लाख रुपैयाँ र शिवम सिमेन्टको ११ करोड ५५ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको हो ।

आज माया खोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, गरिमा डिबेञ्चरको ८.०८ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ८.७४ प्रतिशत र ज्योति विकास बैंक बोन्डको ७.५३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

आइतबार सर्वोत्तम सिमेन्टको शेयरमा नकारात्मक सर्किट लागेको हो । बोटलर्र्स नेपाल (बालाजु) को ७.६४ प्रतिशत, सिवाईसी लघुवित्तको ७.६४ प्रतिशतले शेयर मूल्य घटेको हो ।

निर्जीवन बीमा कम्पनीको शेयर मूल्यमा मात्र सुधार देखिएको छ । उक्त समूह ०.१२ प्रतिशतले बढेको हो । आज अन्य १२ उपसूचक राताम्य भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*