आइतबार सर्वोत्तम सिमेन्टको २ लाख ९० हजार कित्ता शेयर किनबेच

१८ चैत्र २०८०, आईतवार १५:१९

काठमाडौँ । आइतबार सर्वोत्तम सिमेन्टको २ लाख ९० हजार १३६ कित्ता शेयर किनबेच भएको छ । कम्पनीको आज २८ करोड ६८ लाख ९३ हजार रुपैयाँको शेयर खरिदबिक्री भएको हो ।

कारोबारमा आएदेखि सकारात्मक सर्किट लागि रहेको कम्पनीको शेयर बिहान बजार खुले देखि ओरालो लागेको हो । कम्पनीको शेयर निरन्तर घट्न थालेपछि नाफा बुक गर्ने लगानीकर्ताको हाबि भएको हो । सर्वोत्तमको शेयरमा आज नकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयर मूल्य प्रतिकित्ता १०८ रुपैयाँ २० पैसाले घटेर ९७४.५० रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*