नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक

१८ चैत्र २०८०, आईतवार १५:४५

काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक परेको छ। उनकी ममतामयी आमा सोमना पौडेलको ८१ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।

सोमना पौडेललाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उपचार भईरहेको थियो । अध्यक्ष पौडेलकी आमा सोमनाको चावहिलको मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

स्वर्गीय सोमनाको दाहसंस्कारका आज दिउँसो ३ बजे पशुपति आर्याघाटमा गरिने परिवारका सदस्यले जनाएका छन् । उनका तीन छोरा र दुई छोरी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*