नेशनल लघुवित्तको निर्वाचनमा लफडा, कीर्ते हस्ताक्षरको आरोपमा सीईओमाथि छानबिनको माग

राजन कठायत
१८ चैत्र २०८०, आईतवार १८:१९

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको हिजो हुने भनिएको निर्वाचन विवादका कारण स्थगित भएको छ ।

कम्पनीको सञ्चालक समितिको निर्वाचन गर्ने क्रममा निर्वाचन कमिटीसँगको मिलेमितोमा संस्थापक शेयरधनीहरुको कीर्ते भोट खसालेको भन्दै एक पक्षले विरोध जनाएपछि स्थगित भएको हो । शनिबार मतदानस्थलमा भोट खसाल्न पुगेका शेयरधनीको नाममा अन्य कसैले कीर्ते भोट पहिले नै खसालेको प्रमाण फेला परेपछि विवाद उत्पन्न भएको हो ।

शनिबारको लागि तोएिको कम्पनी सञ्चालक समितिको पदाधिकारी चयन गर्ने निर्वाचनमा सर्वसाधारण समुहबाट निर्बिरोध निर्वाचित भएका छन् । निर्वाचनमा भोट खसाल्न गएका संस्थापक शेयरधनीहरुले भोट हाल्नु भन्दा पहिले नै उनीहरुको नाममा अन्य कसैले कीर्ते मतदान गरेको पाइएको थियो । सो लगत्तै मतदानस्थलमा विवाद उत्पन्न भएको एक शेयरधनीले बीमापोष्टलाई जानकारी दिए ।

कम्पनीको उक्त घटना पश्चात सम्पूर्ण शेयर लगानीकर्ताहरु सञ्चालक समिति तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवप्रति रुष्ट बनेका छन् । उनीहरुले सो घटनामा सीईओ यादव र लघुवित्तका अध्यक्ष रबिन सिजापतिको संलग्नता रहेको आरोप लगाएका छन् । उनीहरुले सिईओमाथि छानविन गर्न माग गरेका छन् ।

लघुवित्त क्षेत्रलाई नै लज्जास्पद बनाउने सो घटना पश्चात अहिले कम्पनीका सीइओ यादवसहित सञ्चालक समितिको बैठक जारी रहेको नाम नखुलाउने शर्तमा एक शेयरधनीले बीमापोष्टलाई बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*