नेप्सेमा समता घरेलु लघुवित्तको शेयरमूल्य समायोजन

१९ चैत्र २०८०, सोमबार ०७:१९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेमा आइतबार कम्पनीको ५.४२२२ प्रतिशत बोनस शेयर समायोजन भएको हो । नेप्सेले आइतबारको अन्तिम कारोबारलाई आधार मानेर मूल्य समयोजन गरेको हो । आइतबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ७०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

समायोजनपश्चात कम्पनीको शेयरमूल्य ६६४ रुपैयाँ कायम भएको छ । यही मूल्यलाई आधार मानेर आज (सोमबार) यस कम्पनीको कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*