स्टार माइक्रो इन्स्योरेन्सले लघुबीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने

१९ चैत्र २०८०, सोमबार ०८:३६

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने निर्जीवन लघुबीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीमा बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति वा संघसंस्थाको सुविधालाई मध्यनजर गर्दै कम्पनीले तालिम संचालन गर्न लागेको हो ।

तालिम लिनका लागि न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको प्रादेशिक कार्यालय वा नजिकको शाखा कार्यालयमा चैत्र २५ गतेसम्म सम्पर्क राख्न सक्नेछन् ।

तालिम चैत्र २७ गतेदेखि ३० गतेसम्म बिहान १० बजेदेखि संचालन गरिने कम्पनीले बताएको छ । तालिम संचालन कम्पनीको प्रादेशिक कार्यालय, दरबारमार्ग, काठमाडौंमा हुनेछ ।

One thought on “स्टार माइक्रो इन्स्योरेन्सले लघुबीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*