नारायणी डेभलपमेन्ट बैंकले तोक्यो बुक क्लोजको मिति

१९ चैत्र २०८०, सोमबार ११:२६

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा प्रयोजनार्थ वैशाख १० गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । बैंकको संचालक समितिको चैत्र १५ गते बसेको बैठकले यो निर्णय गरेको हो । बैंकको सभा वैशाख १८ गते मंगलबार, होटल स्टार चितवन, रत्ननगर– १, टाँडी, चितवनमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

लाभांशसम्बन्धी कुनै एजेण्डा समावेश नगरेको यस बैंकको सभाले गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह, इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण र संचालकहरुको निर्वाचन गर्नेछ ।

साथै, कम्पनीको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्न वा गाभिन परेमा सोसम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेण्डा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*