यी हुन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ठूला १५ सेयरधनी

१९ चैत्र २०८०, सोमबार १२:११

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ठूला सेयरधनीमा १५ कम्पनी रहेका छन् । बैंकले ठुला सेयरधनीमा सबै संस्थागत लगानीकर्ता रहेका छन् ।

बैंकका अनुसार ०.५० प्रतिशत भन्दा धेरै शेयर स्वामित्व रहेका १५ लगानीकर्ता रहेका छन् । संस्थागत लगानीकर्ताले नै कुल शेयरको २८.५७ प्रतिशत हिस्सा ओगटेका छन् ।

बैंकको सबैभन्दा ठुलो लगानीकर्ता राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले ६.७३ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै महालक्ष्मी इन्भेष्टमेन्टको ३.९६ प्रतिशत, छायाँ इन्भेष्टमेन्टको ३.६८ प्रतिशत, केयुपी इन्भेष्टमेन्टको ३.५१ प्रतिशत, सोफिया इन्भेष्टमेन्टको ३.३३ प्रतिशत, सिटिजन इन्भेष्टमेन्टको १.३२ प्रतिशत, अन्नपुर्ण इन्भेष्टमेन्टको ०.७४ प्रतिशत, सूर्य इन्फोसिस प्रालीको ०.७४ प्रतिशत रहेको छ ।

प्रेस्टिन इन्भेष्टमेन्टको ०.७४ प्रतिशत, कमला इन्भेष्टमेन्टको ०.७० प्रतिशत, नोबल इन्भेष्टमेन्टको ०.७० प्रतिशत, लोटस इन्भेष्टमेन्टको ०.६५ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ०.६४ प्रतिशत, मर्कन्टाइल इन्भेष्टमेन्टको ०.५७ प्रतिशत र सिआइटी–सिटिजन युनिट स्किमको ०.५६ प्रतिशत होल्डिङ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*