शेयरधनीहरुको हात रित्तो पार्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा आज बस्दै

२० चैत्र २०८०, मंगलवार ०६:१०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा आज (चैत्र २० गते) मंगलबार बस्दैछ । बैंकको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहानको १० बजेदेखि सुरु हुनेछ ।

बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभाले गत आर्थिक वर्षको प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्नेछ ।

त्यस्तै, सभाले संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निवार्चन गर्ने एजेण्डा राखेको थियो । सो एजेण्डा बैंकले हटाउने भएको छ ।सर्वोच्च अदालतले निर्वाचन रोक्न बैंकलाई निर्देशन दिएसँगै बैंकले सामान्य प्रस्तावको बुँदा नं ५ अन्तर्गतको संस्थापक शेयरधनीको तर्फबाट चार जना र सर्वसाधारण शेयरधनीको तर्फबाट दुईजना संचालकलार्य निर्वाचन गराउने प्रस्ताव अदालतको आदेशको कारण निर्वाचनको प्रकृया हाललाई स्थगीत गरिएको बैंकका कम्पनी सचिव मनिष कुमार सिंहले जानकारी दिएका छन् ।

सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि बुक क्लोज गरिसकेको छ । जसअनुसार फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*