नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण

१९ चैत्र २०८०, सोमबार १२:५४

काठमाडौं । नबिल बैंक लिमिटेडको साल्पासिलिछो शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै उक्त शाखा कार्यालय स्थानान्तरण हुने जनाएको हो ।

भोजपुर जिल्लास्थित साल्पासिलिछो गाउँपालिका–३, चौकीडाँडामा रहेको सो शाखा कार्यालय हालको स्थानबाट करिब १०० मिटरको दुरीमा स्थानान्तरण भई नयाँ परिसरबाट चैत्र २५ गते सूचारु हुने हुनेछ ।

उक्त शाखा कार्यालय भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडामै स्थानान्तरण हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*