बजारमा ओरालो यात्राको निरन्तरता, परिसूचक २ हजार नजिक, सर्वोत्तम र शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता

१९ चैत्र २०८०, सोमबार १५:०९

काठमाडौँ । शेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ । बजारले पछिल्ला केहि दिन यता लय लिन सकेको छैन । मार्केटमा आएको गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाउँदै लगि रहेको छ ।

नियामकको सक्रियता बढेपनि लगानीकर्ताले प्रतिफल खोजि रहेको छन् । शेयर बजारलाई बाधा गर्ने भनेका केहि सीमा सुधारको माग लगानीकर्ताले उठाउँदै आएका छन् । बजारलाई चलयमान बनाउन तिर नियामक जानु पर्ने देखिन्छ । अधिकांश बैंकहरुको शेयर मूल्य ओरालो लागेको छ । बैंक क्षेत्रमा लगानीकर्ताले अर्बौ रकम गुमाइ सकेका छन् । लगानीकर्ताको मनोलब उच्च बनाउन नियामकले सक्रियता देखाउनु पर्ने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२६ अकंले घटेर २०१२.०७ बिन्दुमा बन्द भएको छ । सोमबार ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज लगानीकर्ता सर्वोत्तम सिमेन्ट र शिवम सिमेन्टको शेयरमा झुम्मिएका छन् । आज सर्वोत्तमको ४७ लाख २९ हजार रुपैयाँ र शिवमको ११ करोड रुपैयाँको शेयर किनबेच भएको हो । साथेै, गोर्खाज फाइनान्सको ९ करोड ९९लाख रुपैयाँ र पिपुल्स पावरको ५ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार गुराँस लघुवित्त र माइ खोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

सोमबार रिभर फल्स पावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, हिमालयन हाइड्रोपावरको ६.२७ प्रतिशत र अप्पर लोहोरे खोलाको ६.१७ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज ११ उपसूचक राताम्य भएका छन् । सोमबार होटल तथा पर्यटन समूहको १.१६ प्रतिशत र ब्यापार समूहको ०.२० प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*