भोलि साधारणसभा रहेको नेपाल इभेष्टमेन्ट मेगा बैंकलाई निर्वाचन नगर्न सर्वोच्च अदालतको आदेश

१९ चैत्र २०८०, सोमबार १७:४२

काठमाडौं । भोलि बार्षिक साधारणसभा बोलाएको नेपाल इभेष्टमेन्ट मेगा बैंकलाई निर्वाचन नगर्न सर्वोच्च अदालतलले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चले शेयरधनीले दायर गरेको रिटमा यस्तो आदेश दिएको हो । सभाले भोलि गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउने प्रस्ताव सहित साधारणसभा बोलाएको छ ।

साथै सभाले संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट दुई जना सञ्चालक निर्वाचनको कार्यक्रमसमेत सभाका लागि तय भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सो कारण बैंकले निर्वाचन भने गर्न पाउने छैनन्।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसमेत १० जनाविरुद्ध प्रा. डा. ताराप्रसाद सापकोटाले चैत १६ गते सञ्चालक समितिको निर्वाचनमा केही सञ्चालकको योग्यता नपुगेको भन्दै दायर रिटमा इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।

अदालतले मतदानको कार्य स्थगित गरि यथास्थितिमा राख्न चैत १८ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै निर्वाचन प्रकृया हाललाई स्थगित गरिएको बैंकले जनाएको छ ।

बैंकले भोलिका लागि बोलाएको ३७औं वार्षिक साधारण सभाको सामान्य प्रस्तावको बुँदा नं. ५ अन्तर्गतको संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

बैंकले निर्वाचनसहित सभा बोलाएको भएपनि अदालतको आदेशसँगै सभा मात्रै हुने भएको छ । सर्वोच्च अदालतले नेपाल इभेष्टमेन्ट मेगा बैंकलाई निर्वाचन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।सेयरधनीले दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले आइतबार यस्तो आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।अदालतले मतदानको कार्य स्थगित गरि यथास्थितिमा राख्न चैत १८ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै निर्वाचन प्रकृया हाललाई स्थगित गरिएको बैंकले जनाएको छ ।

सर्वोच्च अदालतले नेपाल इभेष्टमेन्ट मेगा बैंकलाई निर्वाचन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सेयरधनीले दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले आइतबार यस्तो आदेश दिएको हो ।सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*