लघुवित्त कर्मचारी मञ्चद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

१९ चैत्र २०८०, सोमबार १८:५८

काठमाडौं । लघुवित्त कर्मचारी मन्चले वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सुदुरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली जिल्लाको बौंनियामा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बौंनिया क्षेत्रका एक सय जना भन्दा बढी नागरिकहरुको उपस्थिती रहेको छ । विभिन्न क्षेत्रमा कार्यरत रहेका नागरिकहरुलाई देशको वर्तमान अवस्था र वित्तीय सचेतना प्रदान गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरेको आयोजकले बताएको छ ।

लघुवित्त सचेतना कार्यक्रममा घरमा सानो व्यवसाय गर्दै आएका र लघुवित्तको ऋण प्रक्रियाबारे जनचेतना फैलाएका हुन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*