सिंगटी हाईड्रो इनर्जीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

२० चैत्र २०८०, मंगलवार ०७:३५

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (चैत्र २० गते) मंगलबार अन्तिम दिन रहेको छ । चैत्र १२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको ४६ लाख ११ हजार ५३९ कित्ता शेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

आवेदन कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*