गोर्खाज फाईनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

२० चैत्र २०८०, मंगलवार ०७:५५

काठमाडौं । गोर्खाज फाईनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बिक्रीमा ल्याइएको यस शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यसअघि संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याइएको थियो । तर तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारण व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (चैत्र २० गते)ले १५ दिनभित्र संस्थाको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*