अभियान लघुवित्तमा ५६ जनालाई रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

२० चैत्र २०८०, मंगलवार ०८:५६

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले विभिन्न पदमा ५६ जना योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

लघुवित्तले कनिष्ठ अधिकृत चार जना, सुपरभाईजर नौ जना, सुपरभाईजर–वरिष्ठ सहायक एक जना, वरिष्ठ सहायक पाँच जना, सहायक आठ जना र कनिष्ठ सहायकमा चार जनाका लागि स्थायी दरखास्त आह्वान गरेको हो । त्यस्तै, लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थीमा २५ जना गरी जम्मा ५६ जनाबाट आवेदन माग गरेको छ ।

तोकिएको योग्यता भएको व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (चैत्र २० गते)ले १५ दिनभित्र लघुवित्तको इमेल ठेगानामा वा संस्थाको केन्द्रीय कार्यालय पनौती नगरपालिका ४, काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ ।

2 thoughts on “अभियान लघुवित्तमा ५६ जनालाई रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

  1. भुपाल धमला says:

    काम गर्न ईछुक छु सर म

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*